फाल्गुनन्द गोल्डकपः ताप्लेजुङ सेमिफाइनलमा,सेगनको ह्याट्रिक

पाँचथर,पुस २० - पाँचथरको फिदिममा जारी आठौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णसिंह सोनाम स्मृति मेमोरियल क्लब ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज काठमाडौँलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधवार भएको अन्तिर क्वाटर फाइनलमा चर्च व्वाइज क्लब काठमाण्डौँलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको हो।

फिदिम माविको खेलमैदानमा भएको प्रतियोगितामा चर्च व्वाइजले सुरुवाती अग्रता लियो। पहिलो हाफको १२ औँ मिनेटमा चर्च व्वाइजका वर्सात गुरुङले प्रहार गरेको फ्रि किक ताप्लेजुङका गोल रक्षकले रोकेपनि फर्किएको बललाई अजय मार्टिन कायोडेले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए।

तर, अग्रता हासिल गरेको चर्च व्वाइजको कमजोरीको फाइदा उठाँउदै ताप्लेजुङले पहिलो हाफको उत्तरार्धमा दुई गोल गर्न सफल भयो। ताप्लेजुङका लागि ३७ औँ मिनेटमा स्ट्राइकर निराजन खड्का तथा ४३ औँ मिनेटमा सेगुन यथिटयोले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए।

पहिलो हाफमा १ गोलले पछि परेको चर्च व्वाइज दोश्रो हाफमा पनि पनि लयमा फर्कन सकेन् भने ताप्लेजुङले खेललाई थप आक्रामक बनायो। ताप्लेजुङका लागि सेगुनले दोश्रो हाफको पहिलो मिनेट र ३७ मिनेटमा गोल गरे। यस्तै दोश्रो हाफको १० औँ मिनेट र इन्ज्युरी समयमा सुनील बलले गोल गर्दै टिमको फराकिलो जीत सुनिश्चित गरे।

सेगुनले ताप्लेजुङका लागि पहिलो र आठौँ फाल्गुनन्द गोल्डकपका लागि दोश्रो ह्याट्रिक पूरा गरेका छन्। यसअघि विर्ता युनाइटेड क्लब झापाका कर्ण लिम्बूले प्रतियोगितामा पहिलो ह्याट्रिक पूरा गरेका थिए। बुधवार अन्तिम क्वाटरफाइनल सकिएसँगै जारी आठौँ संस्करणको फाल्गुनन्द गोल्डकपको सेमिफाइनलको समिकरण समेत पूरा भएको छ। 

जसअनुसार बिहीबार आयोजक फिदिम स्पोर्टिङ क्लबले विर्ता युनाइटेडको सामना गर्नेछ भने शुक्रबार बुधबारको विजेता ताप्लेजुङले एलेभेन एरोज सुनसरीको सामना गर्नेछ । १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा सञ्चालित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन्। गत पुस १५ गते सुरु भएको फाल्गुनन्द गोल्डकप आगामी आइतबार समाप्त हुनेछ।

Share your thoughts: