अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

काठमाडौं,असार ७ । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आज यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए।

उनले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको दाबी गरे । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरले जनही रु १० हजार पाउनेछन् । अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु ९० लाख रहेको आयोजकले जनाएको छ ।रासस

Share your thoughts: