ताजकिस्तानविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण

काठमाडौं,भदौं २० । एसिया कप छनौट फुटबलमा आज ताजकिस्तानविरुद्धको खेलमा नेपालले जितको लक्ष्यसहित मैदान उत्रिने रणनीति बनाएको छ । ताजकिस्तानलाई पराजित गरी तीन अंक बटुल्ने दाउमा नेपाली राष्ट्रिय फुटबल टोली रहेको छ। 

अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न नेपालको खेल आजका लागि महत्वपूर्ण रहेको छ ।  यसअघिका २ खेलमा १ हार र १ मा बराबरी गरेको नेपालले आज ताजकिस्तान विरुद्धको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’मा हुनेछ । ताजकिस्तानले यसअघिका दुवै खेल गुमाइसकेको छ । त्यसैले उसका लागि पनि यो खेल त्यत्तिकै महत्वपूर्ण छ ।


Share your thoughts: