९ महिनापछि विमलको अन्तर्राष्ट्रिय गोल, गोलसंख्या ६ पुग्यो

काठमाडौं,भदौं २० – नेपालका स्टार स्ट्राइकर विमल घर्ती मगरको अन्तर्राष्ट्रिय फुटबलमा विमलको गोलसंख्या ६ पुगेको छ।  एसिया कप–२०१९ को छनोटअन्तर्गत ताजकिस्तानविरुद्ध हाल भइरहेको खेलमा ६१ मिनेटमा गोल गरेपछि उनको गोल संख्या ६ पुगेको छ । उनले करिब ९ महिनाको अन्तरालपछि अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका हुन् । 

उनलाई पहिलो हाफको ३९ मिनेटसम्म बेञ्चमा राखिएको थियो। नवयुग श्रेष्ठलाई परिवर्तन गर्दै मैदान प्रवेश गरेका विमलले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए। विमलले गत वर्षको सेप्टेम्बरमा गोल गरेयता गोल गर्न सकेका थिएनन्। सेप्टेम्बरमा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपमा विमलले सेमिफाइनलमा लाओसविरुद्ध पछिल्लो पल्ट गोल गरेका थिए। 


Share your thoughts: