अनिल गुरुङलाई'रिप्लेस'गर्ने जर्जप्रिन्सले किन देखाएन् ‘डेब्यु’खेलमा चमत्कार ?

काठमाडौं,भदौं २०  । नेपाली आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले ताजकिस्तानविरुद्धको खेलवाट राष्ट्रिय टोलीमा  ‘डेब्यु’ गरेका छन् । नियमित कप्तान अनिल गुरुङ राष्ट्रिय टोलीमा पर्न  असफल भएपछि उनको ठाँउ लिएका जर्ज प्रिन्सले राम्रो खेल प्रदर्शन गरेपनि चमत्कार भने गर्न सकेनन् ।  

उनले डेब्यु खेलमै रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड रोनाल्डो झै ७ नम्बर जर्सी पहिरिने अवसर पाएका थिए । उनले खेलको अन्त्यतिर रोनाल्डोकै शैलीमा फ्रिकिक पनि प्रहार गरेपनि ४० यार्ड टाढाबाट  प्रहार गरेको बलले गोल पोस्टको दिशा लिन सकेन्।  एएफसी एसिया कप छनोटअन्तर्गत ‘समूह एफ’ को खेलमा कार्कीले ६३ मिनेटमा विशाल राईलाई पदस्थापना गर्दै ‘डेब्यु’ को अवसर पाएका थिए।  पहिलो पटक राष्ट्रिय टोलीमा परेका जर्जप्रिन्स नेपाली सेनाका उपसेनानी हुन्। नेपाली सेनामा भर्ना हुनुअघि फ्रेन्ड्स क्लबबाट राष्ट्रिय प्रतियोगिता खेलेका थिए। 

फोटो साभार: नेपाली लाईभ


Share your thoughts: