हङकङविरुद्ध खेल्ने राष्ट्रिय टोलीको घोषणा,शक्ति गौचन अटाएनन्,को–को परे (सूचीसहित)

काठमाडौं,भदौं २१ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि पारस खड्काको नेतृत्वमा १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । आउँदो अक्टोबरमा १३ र १५ तारिखमा हुने हङकङ विरूद्वको खेलका लागि नेपाली गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट बुधबार १८ सदस्य छानिएको हो। नेपाली टोलीको घोषणा गर्दा शक्ति अटाएनन् । उनी पछिल्लो समय पायल्सबाट पीडित छन् । शक्तिको अनुपस्थितिमा नेपाली टोलीमा जितेन्द्र मुखिया, सुशील कँडेलसँगै सुशन भारी टोलीमा परेका छन् ।

को को परे टोलीमा ?

पारस खड्का

ज्ञानेन्द्र मल्ल

शरद भेषावाकर

सुशील कँडेल

नरेश बुढाएेर

ललित सिंह भण्डारी

सन्दिप लामिछाने

महबुब आलम

जितेन्द्र कुमार मुखिया

कुशल भुर्तेल

आरिफ शेख

सुशन भारी

सागर पुन

दिपेन्द्र सिंह ऐरी

बसन्त रेग्मी

करण केसी

विनोद भण्डारी

सोमपाल कामी

प्रारम्भिक टोलीबाट को को बाहिरिए ?

शक्ति गौचन

अविनाश कर्ण

बिक्रम सोब

सौरभ खनाल

सुनिल धमला

हासिम अन्सारी

दिलिप नाथ

Share your thoughts: