डक बालबालिकाको फुटबल लिग काठमाडौंमा सुरु

काठमाडौं,भदौं २१ं । सेल्टर आश्रय नेपालको आयोजनामा नेपालमै पहिलो पटक आयोजना भएको राष्ट्रिय सडक बालबालिका फुटबल लिगको पहिलो दिन खुसी नेपाल र थ्री एन्जल्सले दोहोरो जित हात पारेका छन् । आ–आफ्नो समुहमा दोहोरो जित हात पार्दै दुबै टिमले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् । समुह ए अन्तर्गतको खेलमा खुसी नेपालले आयोजक सेल्टर आश्रय नेपाल र प्रयास ओसिडलाई पराजित ग¥यो । सेल्टर आश्रय नेपाललाई दुई शुन्यले पराजित गर्दा खुसी नेपालका लागि आयुश थापा र सोनु कुमार यादवले एक एक गोल गरे । 


प्रयास ओसिड विरुद्ध खुसी नेपालले एक शुन्यको जित निकालेको थियो । यस खेलमा एकमात्र गोल कुमार लामाले गरेका थिए । पहिलो खेलमा पराजित भएका सेल्टर आश्रय नेपाल दोस्रो खेलमा भने बालमन्दिरको ए टिमसँग २–२ गोलको बराबरीमा रोकियो । प्रयास ओसिडले पहिलो खेलमा सोबर रिकभरीलाई एक शुन्यले हराएको थियो ।

समुह बी अन्तर्गतको खेलमा थ्री एन्जल्सले साङग्रिला अर्फानेज होमलाई ४–० ले र भ्वइस अफ चिल्ड्रेनलाई २–० ले हरायो । बालमन्दिरले सांग्रिलालाई २–० ले हरायो भने अर्को खेलमा भ्वइस अफ चिल्ड्रेन र लाइट हाइसले गोल रहित बराबरीमा अंक बाँडे ।


सेभेन ए साइडको नियम अनुशार खेलाइएको प्रतियोगितामा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न १० वटा संस्थाका टिमहरुको सहभागिता रहेको छ । शुक्रबार सम्म चल्ने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरेर रसियाको मस्कोमा हुने सडक बालबालिका विश्वकपमा नेपालले सहभागिता जनाउने छ । यस अघि यस प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्नु भएको थियो । 

Share your thoughts: