एरिना र किक अफ तथा सामाखुसीर शंखमुलबीच सेमिफाइनल भिडन्त

काठमाडौं,भदौं २२ ।  सामाखुसी फुटसल र संखमुल फुटसल राजधानीमा जारी रेड्बुल एन्फा राष्ट्रिय फुटसल लिगको पहिलो सेमिफाइनलमा भिड्ने भएका  छन् । चौर क्रिएसनल फुटसल सेन्टरमा बिहिबार भएको क्वाटरफाइनलमा सामाखुसीले स्वम्भु रिक्रिएसनललाई १२ – ४ गोल अन्तर  र संखमुलले धन्यन्तरी फुटसललाई १० – ० गोल अन्तरले  पराजित गर्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।

यस्तै लिगको दोस्रो सेमिफाइनलमा फुटसल एरिना र किक अफ फुटसलबीच हुने भएको छ ।  बिहिबार भएको क्वाटरफाइनलमा फुटसल एरिनाले डिभाइन बिजी फुटसललाई ६ – ४ तथा किक अफले  चौर क्रिएसनल फुटसल सेन्टरलाई ८ – २ ले पराजित गरेका हुन्  ।

एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौटको रुपमा रहेको लिगको दुवै सेमिफाइनल खेल शुक्रबार हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पाउनेछ । यस प्रतियोगिताका आधारमा एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौट गरिने छ । एएफसी फुटसल छनौट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुनेछ 

Share your thoughts: