राष्ट्रिय लिग फुटसल:एक्सटेप किक अफ फाइनलमा,उपाधि भिडन्त शंखमुलसँग

काठमाडौं,भदौं २३  । एक्सटेप किक अफ राष्ट्रिय लिग फुटसलको फाइनलमा पुगेको छ ।  किक अफ फुटसल,फुटसल एरिनालाई ७–४ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  पहिलो हाफमा ३–३ को बराबरीमा रोकिएको किक अफ फुटसलले दोस्रो हाफमा थप ४ गोल गर्दा फुटसल एरिनाले एक गोल पनि गर्न सकेन ।

त्यस्तै शंखमुल फुटसलले सामाखुशी फुटसललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  चौर रिक्रेसनल सेन्टरमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा शंखमुल सुटसलले सामाखुशी फुटसललाई ८–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । पहिलो हाफमा नै ४–२ गोलको अग्रता बनाएको शंखमुल फुटसलले दोस्रो हाफमा थप ४ गोल ग¥यो । यता, सामाखुशी फुटसलले भने दोस्रो हाफमा एक गोल पनि फर्काउन सकेन ।

पहिलो पटक आयोजना भएको राष्ट्रिय लिग फुटसलको फाइनल खेल २६ गते सोमबार चौर रिक्रेसनल सेन्टरमा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पाउनेछ । यस प्रतियोगिताका आधारमा एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौट गरिने छ । एएफसी फुटसल छनौट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुनेछ ।

Share your thoughts: