चार प्रतिस्पर्धीलाई पछि पार्दै किरणले जिते बर्ष उत्कृष्ट पुरुष पल्सर स्पोर्ट्स अवार्ड

काठमाडौं,भदौं २६ -  पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण  चेम्जोङले जितेका छन् । चार प्रतिस्पर्धीलाई पछि पार्दै किरण एनएफजेएफ पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट वर्ष उत्कृष्ट खेलाडी बनेका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्ड कबार्यक्रममा किरण कुमार लिम्बले क्रिकेटका शरद भेषवाकर, ब्याडमिन्टनका रत्नजित तामाङ, एथ्लेटिक्सका सोम बहादुर कुमाल र भलिबलका मानबहादुर तामाङलाई पछि पार्दैै अवार्ड जितेका हुन् । 

किरण माल्दिभ्सको टिसी स्पोर्ट्समा आबद्ध भएका कारण अवार्ड उनकी आमाले लिएकी थिइन् । गोलकिपर किरणले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।  एएफसी सोलिडारिटी कपमा उपाधि नेपालले जित्दा किरणको मुख्य भूमिका थियो । किरणले लाओससँगको खेलमा लगातार ३ वटा पेनाल्टी रोकेका थिए । सिटी स्पोर्ट्सलाई दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । 

Share your thoughts: