फुटसल च्याम्पियनसिपका लागि २७ खेलाडी छनौट,एक्सटेप किक अफबाट ३ खेलाडी छानिए

काठमाडौं,भदौ. २७ । अखिल नेपाल फुटसल एसोसियसनले एएफसी फुटसल च्याम्पियनसिपका लागि पहिलो चरणको खेलाडी छनौट गरेको छ ।  प्रशिक्षकहरु राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङको छनोट समितिले पहिलो चरणका लागि २७ खेलाडी छनोट गरेको हो । एसोसियनले यसै साता सकिएको रेड्बुल एन्फा राष्ट्रिय लिग फुटसलको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो । छनोटमा एक्सटेप किक अफबाट ३ खेलाडी छनोट भएका छन् । बिजेता टोलि शंखमुलबाट ५, सामाखुसी फुटसलबाट ६, खेलाडी परेका छन् । 

एएफसी फुटसल छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुनेछ । अब खेलाडीले बन्द शत्रमा गर्ने प्रदर्शनको आधारमा राष्ट्रिय टोलीको छनोट गरिने एन्फाको फुटसल कमिटिले जनाएको छ ।


 

Share your thoughts: