‘ए’ डिभिजन लिग मंसिरमा, १६ टोलीको सहभागि

काठमाडौं,भदौं २९ । अखिल नेपाल फुटबल संघले आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने सहिद स्मारक ए डिभिजन लिगमा १६ टिमको सहभागिता हुने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा एन्फा कम्प्लेक्समा बिहीबार बसेको बैठकले राजधानीभित्रका १२ र बाहिरका ४ टिमको सहभागितामा ए डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको हो। 

उपत्यकाका १२ ए डिभिजन क्लवसहित मोफसलका चार क्लवले ए डिभिजन लिग खेल्नेछ ।   ए डिभिजन लिगमा उपत्यकाका थ्रीस्टार, फ्रेण्डस्, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, मनाङ मर्स्याङ्दी, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लवले सहभागिता जनाउनेछन् ।  त्यस्तै मोफसलबाट झापा ११, मोरङ, रुपन्देही र सुदूरपश्चिमको टोलीलाई समावेश गराइएको छ । लिग होम एण्ड अवेका आधारमा सञ्चालन गरिनेछ ।


Share your thoughts: