थ्री स्टारलाई डेढ करोड क्षतिपुर्ति दिने एन्फाको निर्णय

काठमाडौं,भदौं २९ । अखिल नेपाल फुटबल संघ एन्फाले थ्री स्टार क्लबलाई डेढ करोड रुपैया क्षतिपुर्ति दिने निर्णय गरेको छ। एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको बैठकले सो निर्णय गरेको हो।

एन्फा कम्लेप्सका बसेको बैठकले आगामी अक्टोबरमा बस्ने एन्फा पुर्णसमितीको बैठकमा सो निर्णयलाई अन्तिम रुप दिन सहमती जुटाउने निर्णय गरेको छ। एन्फाको लापरवाहीका कारण थ्री स्टार क्लबले एएफसी एसियन क्लब च्याम्पियनसिपको प्लेअफ खेल्न नपाएपछि क्लबले क्षतिपुर्ति माग गरेको थियो।

Share your thoughts: