फिफा वरियतामा नेपाल खस्कियो,जर्मनी शीर्ष स्थानमा

काठमाडौं,भदौं २९ । नेपाल फिफा जारी गरेको नयाँ वरियतामा नेपाल ६ तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको विश्व वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ७५ औ स्थानमा पुगेको छ । नेपाल अघिल्लो महिना १८१ औं स्थानमा रहेको थियो । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत गत हप्तामात्र ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । नेपाल जुलाई महिनामा १७० औ स्थानमा रहेको थियो । फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन् ।

भारत पनि १० स्थान तल झर्दै १०७औ स्थानमा पुगेको छ । भारत यसअघि ९७ औं स्थानमा थियो । त्यस्तै म्यान्मार १५२औ स्थानमा, माल्दिभ्स १५४औं स्थानमा, अफगानिस्तान १५८औं स्थानमा रहेका छन् । त्यस्तै नेपालभन्दा माथि रहेको अर्को दक्षिण एसियाली मुलुक भुटान १७४औं स्थानमा रहेको छ ।

त्यसैगरी नेपालभन्दा तल रहेको बंगलादेश एक स्थानमाथि उक्लिदै १९६औं स्थानमा छ भने श्रीलंका १९८, पाकिस्तान २००औं स्थानमा रहेको छ । विश्व वरियताको नम्बर एकमा पुन एक पटक ब्राजिललाई पछाडी पार्दै जर्मनी शीर्ष स्थानमा उक्लिएको छ ।

ब्राजिल दोस्रो स्थानमा झरेको छ । त्यस्तै हालै विश्वकप छनौट खेलमा राम्रो प्रदर्शन गरेको पोर्चुगल तीन स्थान माथि उक्लिदै तेस्रो स्थानमा पुगेको छ भने अर्जेन्टिना चौथो स्थानमा झरेको छ । त्यस्तै पाचौ स्थानमा बेल्जियम, छैठौ स्थानमा पोल्याण्ड, सातौ स्थानमा स्विटजरल्याण्ड, आठौ स्थानमा फ्रान्स, नवौ स्थानमा चिली र दशौ स्थानमा कोलम्बिया रहेका छन् ।

Share your thoughts: