एएफसी यू–१६ बुधबारदेखि काठमाडौंमा,नेपालले इराकको सामना गर्दै

काठमाडौं । काठमाडौं– एएफसी यू–१६ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ‘डी’ को छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ।  पहिलो दिन नेपालले इराकसँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा साढे ३ बजे हुनेछ। त्यसअघि भारत र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टिमका प्रशिक्षक सुनील श्रेष्ठले इराक बलियो टिम भए पनि जितका लागि खेल्ने बताए। ‘हामीले राम्रो तयारी गरेका छौं,’ श्रेष्ठले भने, ‘साफ यू–१६ च्याम्पियनसिप लगत्तै छनोट प्रतियोगिता भएकाले पनि हामीलाई फाइदा भएको छ।’ हाम्रो लागि इराकविरुद्ध खेल महत्वपूर्ण छ। हामी तीन अंकका लागि खेल्नेछौं।’

इराकका प्रशिक्षक अलि हइदीले पनि जितका लागि खेल्ने बताए । ‘हामी एसियाकै उत्कृष्ट टिम हौं,’ अलीले भने, ‘राम्रो तयारीका साथ आएका छौं। प्रतियोगिता सहज हुने विश्वास छ।’  उनले छनोट प्रतियोगिताकै लागि पाँच महिना तयारी गरेको बताए। 

चार टिम रहेको समूहमा शीर्ष हुने टिम एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट हुनेछ। राम्रो नजिता निकाल्ने दोस्रो टिमको पनि छनोटको सम्भावना हुनेछ। इराकपछि नेपालले ६ असोजमा भारतसँग र ८ असोजमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ।

Share your thoughts: