माहाकाली नगरपालिकामा ग्रामिण स्तरिय फुटबल प्रतियोगिता सुरु

पप्पु गुरुङ्, २० असोज, दोधारा । माहाकाली नगरपालिकामा ग्रामिण स्तरिय फुटबल प्रतियोगिता हिजो देखि संचालन भएको छ् । माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगरमा ग्रामिण स्तरियफुटवल प्रतियोगिताको उद्धघाटन नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले गर्नुभएको हो । हिजो अबेर साँझ उद्धघाट गरिएको नगर स्तरिय फुटवल प्रतियोगिताका प्रमुख अतिथी नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखक रहनुभउको थियो । 

ग्रामिण बिकास तथा युवा शसक्तीकरण केन्द्रका अध्यक्ष हरिशंकर रोकायाको सभापतित्वमा संचालित उद्धघाटन कार्यक्रममा स्थानिय युवाहरुको खेलमा रुची रहदै आएको हुदा प्रत्येक वर्ष माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर नेपाल–भारत सिमा क्षेत्र नजिक खुला मैदानमा प्रतियोगिता संचालन गर्दे जाने बताईएको छ् । 

प्रतियोगितामा १५ टिमहरुले प्रतियोगितामा सहभागिता रहने आयोजक समितिका सदस्य शुरेस गिरीले जानकारी दिनुभएको छ् । नकआउट सिस्टमबाट हुन लागेको फुटवल प्रतियोगिता बडा दशै तथा तिहारको उपलक्ष्यमा युवाहरुलाई शुभकामना आदान प्रदान गर्दै सदभाव कायम गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ् ।

Share your thoughts: