को-को परे एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि राष्ट्रिय टिममा ?

काठमाडौं,असोज २१ । अखिल नेपाल फुटबल संघले एन्फाले एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिम घोषणा गरिएको छ। १५ अक्टोबरदेखि इरानमाहुन लागेको छनोट प्रतियोगितको लागि  शनिबार १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।  टोलीमा


नेपाली टिम 

गोलकिपर – अनिस श्रेष्ठ, सुमित कुमार आले 

डिफेन्डर – राज शाही, सौरभ मगर, अमित तामाङ

मिडफिल्डर – अरुज सिंह, नवीन लामा, विनोद गुरुङ, मणीकुमार लामा, अभय राना 

फरवार्ड –  सुसन श्रेष्ठ, संजोग महर्जन, निर्मल गुरुङ, सुरज राउत  

रहेका छन् । 

नेपाल दक्षिण र मध्य एसिया छनोटको समूह 'ए' मा छ । नेपाल रहेको समूहमा उज्वेकिस्तान, किर्गिस्तान र तुर्केमिनिस्तान छन्। समूहका शीर्ष २ टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन्। च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ।  छनोटमा नेपालले १५ अक्टोबरमा उज्वेकिस्तान, १६ अक्टोबरमा किर्गिस्तान र १७ अक्टोबरमा तुर्केमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। 

Share your thoughts: