एसिया कप छनोट: नेपाल ताजकिस्तानसँग फेरि पराजित

काठमाडौं,असोज २४ । एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत समूह ुएफुको खेलमा नेपाल ताजकिस्तानसँग फेरि पराजित गरेको छ। ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालामा भएको खेलमा ताजकिस्तानले तीनै गोल पेनाल्टीमार्फत गर्दै विजयी भएको हो । 

पहिलो हाफको २० मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीको हेण्ड भएपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो ।  दोस्रो हाफमा पनि ताजकिस्तान नेपालमाथि हाबी भएको थियो । दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि दोस्रो पटक पाएको पेनाल्टीमा ताजकिस्तानले दोस्रो गोल गरेको थियो । 

त्यस्तै खेलको ८६ औं मिनेटमा अर्को पेनाल्टीमार्फत ताजकिस्तानले तेस्रो गोल गर्दै ३–० को जित दर्ता गरेको हो । खेलमा नेपाली टिमको कप्तानी फरवार्ड भरत खवासले दिइएको थियो। नियमित कप्तान विराज पहिलो रोजाइमा पर्न असफल भएपछि भरतलाई कप्तानी दिइएको हो।  नेपाल समूह ुएफु को अंक तालिकाको पुछारमा छ। खेलेका ४ मध्ये नेपाल ३ खेलमा पराजित भएको छ भने १ खेलमा बराबरी खेलेको छ। समूहमा १ अंक मात्र भएकाले नेपालका छनोट यात्रा अब गणितीय सम्भनावमा मै सीमित भएको छ। नेपालले बाँकी रहेका दुई खेलमा यमन र फिलिपिन्सालाई हराउने पर्नेछ। समूहका शीर्ष २ टिम २ वर्षपछि यूएईमा हुने एसिया कपमा छनोट हुनेछन्।

Share your thoughts: