एन्फाको विधान संशोधन,अब चुनाव कहिले ?

काठमाडौं  अखिल नेपाल फुटबल संघ (एन्फा) ले को विधान संशोधन गर्दै चुनावको मिति तय गरेको छ । एन्फाको सोमबार विशेष साधारणसभाले धारा ३८औँ बुँदा संशोधन गर्दै निर्वाचन मिति तोकेको हो । विशेष साधारणसभाले निर्वाचनमा उम्मेदवारीका लागि खुकुलो पार्दै  ८ पुसमा निर्वाचन गर्ने निर्णय गरेको छ ।  पाँच वर्ष फुटबलमा सक्रिय हुनुपर्ने र दुई वर्ष फुटबल प्रतियोगितामा सहभागी भएका व्यक्तिले उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ ।

मताधिकार संख्या वृद्धि

यसैगरी, संशोधिन विधानले चुनावका लागि बी र सी डिभिजनको मताधिकार पनि बढाएको छ । अब बी डिभिजनका नौ क्लबले चुनावमा सहभागी हुन पाउनेछन् । अघिल्लोपटक बी डिभिजनबाट पाँच मताधिकार मात्र थियो । यसैगरी, सी डिभिजनबाट पाँच क्लबले मतदात गर्न पाउनेछन् । यसपटक सी डिभिजनमा दुई संख्या बढाइएको हो । यसैगरी खेलाडी, प्रशिक्षक, रेफ्री संघ र महिला समितिले पनि मत हाल्न अधिकार छ । एन्फा चुनावमा ४५ जिल्लाका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । जिल्ला, क्लब र संघबाट ३ व्यक्ति मात्र प्रतिनिधित्व हुनेछन् ।


Share your thoughts: