भेट्रान्स फुटबलको उपाधि शुभारम्भ युथ क्लबलाई

काठमाडौं– किङ कम स्पोर्टस क्लबद्वारा आयोजित प्रथम स्मृति कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि शुभारम्भ युथ क्लबले जितको छ। फाइनलमा शुभारम्भले गोल्डेन गेट इन्टरनेसनल कलेजलाई २–१ गोलले पराजित गरेर उपाधि जितेको हो। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा शुभराम्भका विकर्ण श्रेष्ठले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए।

विजेता शुभारम्भले १ लाख रुपैयाँ पुरस्कार जितेको छ। दोस्रो स्थानमा चित्त बुझाएको  गोल्डेन गेटले ५० हजारमै चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट टिम थापा गाँउ टोल सुधार समिति, सर्वोत्कृष्ट खेलाडी तथा डिफेन्डर किङ कम क्लबका प्रताप शाक्य घोषित भए। उत्कृष्ट गोलकिपर राज सिंह भए। असोज २१ बाट सुरु भएको प्रतियोगिताको समापनमा ३ वर्षका क्यान्सरपीडित बालक प्रत्युस थापालाई १ लाख ११ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो। 

Share your thoughts: