नगर स्तरिय फुटबल प्रतियोगिताको उपाधिमा श्रृजना युवा क्लवलाई

पप्पु गुरुङ्ग-दोधारा,असोज ३१ । माहाकाली नगरपालिकामा जारी नगर स्तरिय फुटबल प्रतियोगिताको आजको अन्तिम खेलमा श्रृजना युवा क्लव बिजय भएको छ् । माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर, सिमा बस्तीमा असोज १९ गते देखि नगरस्तरिय फुटवल प्रतियोगिता संचालन भएको थियो । अन्तिम दिन मधुवन युवा क्लव र श्रजना युवा क्लवको बिच भएको खेलमा श्रृजना युवा क्लवले पेनाल्टी सुट आउटमा बिजय भएको हो । 

निकै प्रतिष्प्रधामा संचालन भएको आजको खेलमा मधुवन युवा क्लव र श्रजना युवा क्लवले २–२ गोल गरेपछि पेनाल्टी सुट आउटमा श्रृजनाा युवा क्लव बिजय भएको हो । खेल समयमा प्रथम गोल श्रजना युवा क्लवका जर्सी नं. १० का राम बहादुर बुढाले गरेका थिए । आज एक कार्यक्रमको बिच माहाकाली नगरपालिकाको सुन्दरनगरमा संचालन भएको नगर स्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ् । ग्रामिण बिकास तथा युवा शसक्तीकरण केन्द्रको आयोजनामा संचाल भएको खेलको समापन कार्यक्रमका सभापती ग्रामिण बिकास तथा युवा शसक्तीकरण केन्द्रका अध्यक्ष हरिशंकर रोकायाको सभापतीत्वमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी माहाकाली नगरपालिकाका प्रमुख बिर बहादुर सुनार रहेका थिए भने बिशिष्ट अतिथीमा उपप्रमुख चिनी गिरी ओझा तथा नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका सभापती डम्मर चन्द रहेका थिए । 

यस्तै अतिथीमा पुर्व दोधारा गाबिसका अध्यक्ष बेल बहादुर राना, नेकपा एमालेका जिल्ला सदस्य राजिव खड्का, सामाजसेवी जंग बहादुर चन्द, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती धन बहादुर शाही, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक मोहन साउद, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका प्रहरी निरिक्षक भुप बहादुर राना लगाएत जनप्रतिनिधी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो । माहाकाली नगर क्षेत्रका युवा खेलप्रेमीको रुचीलाई मध्यनजर राख्दै यस वर्ष पनि सुन्दरनगरमा फुटवल प्रतियोगिता संचालन गरेको आयोजक संस्थाका एक सदस्य सुरेश गिरीले जानकारी दिएका छन् । 

नगर स्तरिय फुटवल प्रतियोगिता निकै सभ्य तथा भब्यताका साथ सम्पन्न भएको र आगामी दिनहरुमा युवाहरुका लागी खेलकुदका कार्यक्रममा सबै जनप्रतिनिधी तथा राजनितिक दलहरुले खेलकुदमा उचित बजेट छुट्टयाउने पर्ने भन्दै माहाकाली नगर क्षेत्रमा अन्य बिकास संगै खेलकुदको बिकासमा सबैले ध्यान पु¥याउनु पर्ने आवश्यक रहेको अधिकांश बक्ताहरुले जोड दिएका थिए । खेलमा प्रथम हुने श्रजना युवा क्लवलाई नगद धनरासी रु. २१ हजार साथै ट्रफी, सम्मान तथा द्धितिय हुने मधुवन युवा क्लवलाई नगर धनरासी रु. १० हजार ५ सय साथै ट्रफी, सम्मान बितरण गरिएको थियो । 


उक्त फुटवल प्रतियोगिताको उद्धघाटन नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले गरेका थिए । ग्रामिण बिकास तथा युवा शसक्तीकरण केन्द्रको आयोजनामा नगर स्तरिय फुटवल प्रतियोगिता १२ दिन सम्म चलेको थियो । प्रतियोगितामा १५ टिमहरुले प्रतियोगितामा सहभागिता रहेका थियो 

Share your thoughts: