मनाङ मर्स्याङ्दीले जित्यो दुहबी गोल्डकपको उपाधि

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले मनमोहन मेमोरियल दुहबी गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेर मनाङ च्याम्पियन बनेको हो। नवयुग श्रेष्ठले आर्मीको लागि सुरुवाती गोल गरेता पनि मनाङले दुई गोल गर्दै बिजयी बन्न सफल भयो। मनाङका लागि बिशाल राइ र बिमल रानाले १-१ गोल गरे। बिजेता टोलीले ४ लाख रुपैया प्राप्त गर्‍यो भने उपबिजेता टोलिले रु दुई लाख प्राप्त गर्‍यो। मनाङ यस अघी सतासी गोल्ड कप र काकरभिट्टा गोल्डकप को फाईनलमा आर्मी सँग पराजित भएको थियो।

उपाधिका लागि भिड्न लागेको आर्मीले जारी गोल्डकपको दोस्रो सेमिफाइनलमा रुपन्देही–११ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो। क्वाटरफाइनलमा भने आर्मीले मोरङ ११ लाइ टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो। यस्तै, मनाङले पहिलो सेमिफाइनलमा चर्च ब्याइज क्लब काठमाडांैलाई १–० गोल अन्तरले पराजित गरेको थियो। क्वाटरफाइनलमा भने आयोजक एलेभेन एरोज क्लबलाइ ५–२ गोल अन्तरले पराजित गरेको थियो ।

Share your thoughts: