मदन भण्डारी स्पोर्टस एकेडेमीका फुटबल टोली मलेसियातर्फ

काठमाडौं । मलेसियामा हुने हिमालयन गोल्डकपको उदघाटनका अवसरमा मैत्रिपुर्ण खेल खेल्न मदन भण्डारी स्पोर्टस एकेडेमीका फुटबल टोली मलेसिया प्रस्थान गरेको छ । एकेडेमीका १२ खेलाडी तथा पदाधिकारीसहितको टोली मंगलबार मलेसिया प्रस्थान गरेका हुन् ।

एकेडमीका टोलीले बिहिबार मलेसियाको पुलिस टिमसँग  मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि  एकेडमीका खेलाडीले अन्य क्लबमा रहेर प्रतियोगितामा प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराए ।

एकेडेमीका टोलीमा बिकेश खडगी,आषिक थापामगर,आशिष लामा,रेशम पहरी,सागर थापा,जय गुरुङ,नबिन गुरुङ,सागर रे,सैजन राई,अभिषेक लिम्बु,दिनेश आलेमगर र संकल रेग्मी रहेका छन । त्यस्तै सुन्दर थापा प्रशिक्षक,पुरन गिरी,बचन देउजा ब्यवस्थापकको रुपमा त्यस तर्फ प्रस्तान गरेका छन । नेपालका पुर्व कप्तान हरि खडका र ओलम्पियन दिपक बिष्ट पनि आयोजकको बिशेष निमन्त्रणामा टोलीसगै मलेसिया गएका छन् ।

एकेडेमीका टोलीलाई पुर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिदाई गरेका थिए । बिदाई कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Share your thoughts: