फिफा वरियतामा नेपाल पुरानै स्थानमा यथावत

काठमाडौं । फिफा वरियतामा नेपाल पुरानै स्थानमा यथावत रहेको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको यस महिनाको नयाँ वरियतामा नेपाल अघिल्लो महिना झै १ सय ६५औं स्थानमा यथावत रहेको हो। नेपालले अघिल्लो मात्र आफूलाई ६ स्थान सुधार्दै १ सय ६५ औं स्थानमा आइपुगेको थियो। दक्षिण एसियामा पनि नेपाल चौथो स्थानमै रहेको छ।

नेपालसँगै दक्षिए एसियाली मुलुक भारत शीर्ष १०२ औं स्थानमा यथावत छ। त्यस्तै १४८औं स्थानमा यथावत रहेको अफगानिस्तानमा यसपटक कुनै फेरबदल भएन। माल्दिभ्स १ सय ५० औं स्थानमा छ।

नेपालभन्दा कम वरियता भएका दक्षिण एसियाली मुलुकमध्ये भुटान १ सय ८८ औं स्थानमा, बंगलादेश १ सय ९७ औं स्थान, श्रीलंका २ सयौं स्थान र पाकिस्तान २ स्थान तल झर्दै २ सय ३ औं स्थानमा पुगेको छ। एसियाली मुलुकहरूमा इरान ३३औं स्थानमा रहँदै शीर्षमा रहेको छ। अष्ट्रेलिया ३६ तथा जापान ५५ औं स्थानमा छन्।

Share your thoughts: