नेपाल युएईसँग ७ रनले पराजित,पारसको विष्फोटक ब्याटिङ

काठमाडौं । आइसीसी डिभिजन टूको फाइनलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । नामिवियाको विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा   युएईले दिएको २७८ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपाल २७० रनमा समेटियो ।  युएईले दिएको लक्ष्य पक्ष्याउने क्रममा कप्तान पारस  खड्काले ११२ रनको सतकीय इनिङ गरेपनि हार टार्न सकेनन् ।  उनले १०३ बलमा ८ छक्कासहित ११२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, सरद भेषवाकरले ३० र ज्ञानेन्द्र मल्लले २४ रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिए ।

विजयी युएइका लागि सुरुवाती व्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । १२३ बल खेलेका उनले तीन छक्का र १० चौका गरी कुल ११४ रन जोडे । त्यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।  बलिङतर्फ नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।  लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा पराजित भएपनि नेपाल डिभिजन एकमा बढुवा हुँदै  वान डे विश्वकप छनौट  खेल्न पाउने भइसकेको छ ।

 

Share your thoughts: