थ्रीस्टारलाई हराउँदै आर्मीले जित्यो सिमरा गोल्डकप

सिमरा । थ्रिस्टारलाई हराउँदै विभागीय टोली नेपाल आर्मीले नवौं सिमरा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा थ्रीस्टारलाई २-० ले हराउँदै आर्मीले उपाधि उचालेको हो।
आर्मीको जितमा दिनेश हेम्जन र नवयुग श्रेष्ठले १-१ गोल गरे। आर्मीका लागि प्रिन्स जर्ज कार्कीको स्थानमा मैदान छिरेका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका थिए।

खेलको ५८ औं मिनेटमा डिबक्स भित्रैबाट बिमल पाण्डेले दिएको पासमा नवयुग श्रेष्ठले गरेको मिस गोललाई उनले गोलमा परिणत गरेका थिए। त्यस्तै खेलको ७४ औं मिनेटमा भरत खवासको पासमा नवयुग श्रेष्ठले १८ यार्ड बक्स भित्र बाट प्रहार गरेको बल गोलमा परिणत हुँदा आर्मीले आफ्नो अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरेको थियो।

खेलको थ्रीस्टारले केही राम्रा अवसर गुमाए पछि उपाधि विमुख हुनुपर्‍यो। यस जितसँगै आर्मीले सिजनमा आफ्नो पाँचौं उपाघि हात पारेको छ। आर्मी यस वर्ष ९ प्रतियोगिता खेल्ने क्रममा ५ नकआउटको उपाधि जितेको छ। वैशाखमा वीरगन्जमा आयोजित विशाल मेमोरियल कप, पुसमा सताक्षी गोल्ड कप र मेची नेत्रालयल काकरभिट्टा गोल्ड कप जितेको आर्मीले अघिल्लो महिना धनगढीमा खप्तड गोल्डकपको उपाधि जितेको थियो।

Share your thoughts: