मनाङलाई हराउँदै अार्मी झापा गोल्डकपकाे फाइनलमा

झापा  । त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।
खेलको सुरुवातमै आर्मीका नवयुग श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।

आजको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले नगद २५ हजार हात पारेका छन् । अब उपाधिका लागि आर्मी र झापाको भिडन्त सोमबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५१ हजार ट्रफी र उपविजेताले ६ लाख नगदसहित ट्रफी प्राप्त गर्ने छन् । 

Share your thoughts: