सहिद स्मारक 'ए' डिभिजन लिग सम्पन्न,कुन विधामा को उत्कृष्ट ?

काठमाडौं । मंगलबार सम्पन्न सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका भरत खवासले उत्कृष्ट फरवार्डको अवार्ड हात पारेका छन्। अवार्डसहित उनले एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार हात पारे। यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर थ्री स्टारका रञ्‍जित धिमाल, उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ र उत्कृष्ट प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए।

सबैले एक एक थान पल्सर मोटरसाइकलसहित नगद ५० हजार हात पारे। यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले 'मणि बिक्रम शाह युवा खेलाडी' अवार्ड जिते। सो अवार्डसँगै उनले नगद एक लाख हात पारे ।

 उत्कृष्ट खेलाडी र प्रशिक्षक :

उत्कृष्ट गोलकिपर :विशाल श्रेष्ठ (मनाङ मर्स्याङ्दी)

उत्कृष्ट डिफेन्स : रञ्‍जित धिमाल (थ्री स्टार)

उत्कृष्ट मिडफिल्डर :हेमन गुरुङ (मनाङ मर्स्याङ्दी)

 उत्कृष्ट फरवार्ड : भरत खवास (त्रिभुवन आर्मी)

उत्कृष्ट प्रशिक्षक : सुमन श्रेष्ठ (मनाङ मर्स्याङ्दी)

 'मणि बिक्रम शाह युवा खेलाडी अवार्ड' : विकास खवास (त्रिभुवन आर्मी क्लब)

Share your thoughts: