‘सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७६’ हुने, यस्तो छ तयारी

धनगढी ।  कैलालीको गौरीगंगा नगरपालिको मसुरियामा ‘सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७६’ को आयोजना हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लब गोल्ड कपको तयारी जुटेको छ ।
गौरीगंगाा ११ स्पोर्ट्स क्लवले बिगत दुई बर्षदेखी लगातार गौरीगंगा आमन्त्रित खुला फुटवल प्रतियोगिता संचालन गर्दै आएको थियो । बिगतको अनुभवलाई सगाल्दै फुटवल क्षेत्रको बिकासका लागि अब यो बर्ष ‘सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७६’को तयारीमा जुटेको गौरीगंगाा ११ स्पोर्ट्स क्लवका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

गोल्डकपका लागि एक डिभिजनका चार क्लवसंग कुराकानी भैसकेको बताउदै मिति तयबारे एन्फा संग छलफल भैरहेको अध्यक्ष कलेलले जानकारी दिए । ‘सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७६’ बिजेतालाई ५ लाख ५ हजार र दोस्रो हुनेलाई दुई लाख ५१ हजार पुरस्कार राशी हुने आयोजकले जानकारी दिएको छ । मितिको तय एन्फा संगको समन्वयमा माघ फागुनमा हुने आन्तरिक तयारी भैरहेको अध्यक्ष कलेलले जानकारी दिए ।

Share your thoughts: