'चौथो वराह गोल्डकप फुटबल' प्रतियोगिता कार्तिक ६ गते देखि

काठमाडौं,भदौ २८ । वराहक्षेत्रकै प्रतिष्ठाको रुपमा स्थापित वराह गोल्डकप फुटबल प्रतियोगिता कार्तिक ६ गतेदेखि हुने भएको छ । मंगलवार बसेको वराहक्षेत्र खेलकुद विकास समितिको वैठकले  पूर्वाञ्चल ब्यापी  'चौथो वराह गोल्ड कप फुटबल' प्रतियोगिता कार्तिक ६ गते देखि सञ्चालन गर्ने भएको हो । 

गत बर्ष सम्पन्न भएको " तेस्रो वराह गोल्ड कप फुटबल प्रतियोगिता - २०७२ " मा बिर्तामोड स्पोर्टिङ क्लब झापा , APF पूर्वाञ्चल , मर्निङ फुटबल क्लब मोरङ, एभरेष्ट फुटबल क्लब भरौल सुनसरी, न्यू त्रियुगा स्पोर्टिङ फुटबल क्लब सप्तरी, गोधुली फुटबल क्लब धरान सुनसरी, राष्ट्रिय जागृती क्लब ईटहरी सुनसरी र वराह ११ फुटबल क्लब ( आयोजक टिम ) ले सहभागिता जनाएका थिए भने उक्त वराह गोल्ड कपको उपाधी एभरेष्ट फुटबल क्लब भरौल सुनसरीले जितेको थियो ।

Share your thoughts: