बि डिभिजन लिग:आरसिटी शीर्ष स्थानमा

काठमाडौं,भदौ ३० । रानीपोखरी कर्नर टिम आरसिटी काठमाडौमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बिहिबार भएको  खेलमा सातदोवाटो युवा क्लबलाई १ – ० ले पराजित गर्दै आरसिटि लिगको दोस्रो स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा आरसिटीलाई जिताउन एकमात्र गो विके तामाङले गरे । जितसंगै आरसिटी ७ खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । लिगमा एनआरटि दोस्रो स्थानमा रहेको छ ।

यस्तै बि डिभिजन लिग अन्तर्गत नै बिहिबार भएको अन्य खेलमा बाँसबारी युवा क्लब र डिभाइन ब्वाइज  युनियन क्लबले जित हात पारेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा ब्वाइज युनियनले महाबीर क्लबलाई १ – ० ले नै पराजित गरेको हो । ब्वाइज युनियनको जितमा गणेश खड्काले गोल गरे । जितसँगै लिगमा ११ अंक जोडेको ब्वाइज युनियन ५ औ स्थानमा उक्लिएको छ । यस्तै हल्चोकमा भएको अर्को खेलमा बाँसबारीले टुसाल युवा क्लबलाई १ – ० ले नै पाखा लगायो । बाँसबारीको जितमा सुनिल विश्वकर्माले निर्णयक गोल गरे । जितसंगै १० अंक जोडेको बाँसबारी लिगको आठौँ स्थानमा छ । 

Share your thoughts: