अन्तरकलेज छात्र फुटसल:सीसीआरसीको दोहोरो जित

काठमाडौं, असोज ६  ।  क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले दोश्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ । बानेश्वर फुटसलमा भएको खेलमा सीसीआरसीले ताहचल क्याम्पसलाई ४–१ ले पराजित ग¥यो । अर्को खेलमा सीसीआरसीले नेपाल कमर्स क्याम्पसलाई हरायो । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले पनि दोहोरो सफलता हात पार्ने क्रममा ट्रिनिटी इन्टरनेसनल कलेजलाई ३–० तथा बाल्मिकी क्याम्पसलाई २–१ ले पन्छायो । अन्य खेलमा पवन क्याम्पसले कोटेश्वर क्याम्पसलाई ८–१, शंकरदेव क्याम्पसले अस्कललाई ३–२, फ्लोरिडाले बानेश्वरलाई २–१ तथा त्रिचन्द्रले पेन्टागनलाई ६–१ ले निराश पारे ।

Share your thoughts: