उपाधिका दावेदार दुई क्लब बराबरीमा रोकिए,उपाधि होड रोमाञ्चक

काठमाडौं,असोज ६ । काठमाडौमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा उपाधिका दावेदारदुई क्लब रानीपोखरी कर्नर टिम आरसीटी र न्युरोट टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । बराबरी खेलेसँगै ९ खेलबाट १९ अंक जोडेको एनआरटी अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलबाट १७ अंक जोडेको आरसीटी चौंथो स्थानमा छ । समान खेलबाट २० अंक जोडेको श्री कुमारी क्लब तालिकाको शीर्ष स्थानमा छ । आन्तरिक तथा आर्थिक समस्याका कारण केही समय फुटबलबाट विश्राम लिएका घरेलु फुटबलका पुराना टोलीहरु आरसीटी र एनआरटी पुनः शीर्ष डिभिजनमा उक्लिने प्रयासमा छन् ।


 

Share your thoughts: