रत्नराज्यलक्ष्मी क्याम्पसलाई इन्टर कलेज फुटसलको उपाधी

काठमाडौं,असोज ७ ।  आरआर क्याम्पसले दोश्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । बानेश्वर फुटसलमा भएको फाइनलमा आरआरले पवन प्रकृति क्याम्पसलाई ७–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि विप्लप खड्काले ह्याट्रिक गरे भने अर्जुन सापकोटा र महेश ठकुरीले २–२ गोल थपे । पवनका विजय बोहराले सान्त्वना गोल गरे । उपाधिसंगै आरआरले ५१ हजार तथा पवनले ३१ हजार नगद पुरस्कार जिते ।

फाइनलका ‘म्यान अफ द म्याच’ पवनका विशाल बानियाँ बने । उनले १ हजार नगद पुरस्कार पाए । आरआरका विक्रम खड्का उत्कृष्ट खेलाडी तथा पवनका सम्राट महर्जन उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर १८ गोल गरेका पवनका विजयी बोहरा सर्वाधिक गोलकर्ता बने । उत्कृष्टत्रयले समान २–२ हजार नगद पुरस्कार हात पारे । विजेतालाई पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा २५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Share your thoughts: