थ्रीस्टार र सिलोङ लाजोङ आज प्रतिस्पर्धा गर्दै

काठमाडौँ, असोज ९  । भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्र्तगत लिग चरणको तेस्रो तथा अन्तिम खेलमा रुस्लान थ्रीस्टारले भारतीय आई लिग क्लब सिलोङ लाजोङसंग प्रतिस्पर्धा गर्दैछ । खेल गुवाहाटीको नेहरु स्टेडियममा नेपाली समय अनुसार साझ ७:१५ बजे सुरु हुनेछ । लिग चरणको अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित बनाउने योजनमा छन् । आज हुने यी दुई टोलीबीचको खेलबाट समूह ‘ए’को विजेता टोलीको टुङ्गो लाग्नेछ ।

दुई खेलको समाप्तिमा अंकतालिकामा समान ४ अंक रहेको छ । थ्रीस्टारले पहिलो खेलमा नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ ले हराएको थियो भने लिग चरणको आफ्नो दोस्रो खेलमा शुक्रबार ओयल इन्डिया फुटबल क्लबसंग १–१ गोलको बराबरी खेलेको थियो । सिलोङ लाजोङ उद्घाटन खेलमा ओयल इन्डियासंग १–१ गोलको बराबरीमा रोकिएपनि दोस्रो खेलमा बारक फुटबल क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।

Share your thoughts: