सोलिडारिटी कप फुटबलको खेल तालिका सार्वजनिक,नेपालको खेल कहिले ? (तालिका)


काठमाडौं,असोज ३० । एशियाली फुटबल महासंघ एएफसीको आयोजनामा हुन लागेको एएफसी सोलिडारिटी कप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

कार्तिक १७ गते देखि मलेसियामा हुने सोलिडारिटी कपको खेल तालिका अनुसार समूह ‘ए’मा बंगलादेश, ब्रुनई र टिमोर लेस्टसंग रहेको नेपालले कार्तिक १७ गते बंगलादेश विरुद्ध खेल्नेछ। दोश्रो खेल कार्तिक २० गते टिमोर लेस्टेविरुद्ध खेलेर नेपालले २३ गते ब्रुनईसंग समुह चरणको अन्तिम खेल खेल्नेछ। यसअघी पाकिस्तान पनि समूह ‘ए’मै भएपनि विविध कारण देखाउदै उसले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।
समूह ‘बि’मा भने श्रीलंका, लाओस, मंगोलिया र मकाउ रहेका छन्। दुवै समूह बाट शिर्ष दुइ टोलि सेमीफाइनलमा जानेछन्। कार्तिक २७ गते सेमिफाइनलका दुवै खेल हुनेछन्। प्रतियोगिताको फाइनल खेल कार्तिक ३० गते हुनेछ।
प्रतियोगिता हुने भएपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आगामी सन् २०१७ को अन्त्यतिर हुने साफ च्याम्पियनसीपसम्म कुर्नु नपर्ने भएको छ । लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने फिफा बरियातामा पछिल्ला क्रममा रहेका एशियाली मुलुकका टोलीहरुलाई समेटेर एएफसीले नयाँ प्रतियोगिताको अवधारणा ल्याएको हो । एएफसी च्यालेन्ज कप आयोजना हुन

Share your thoughts: