फुटबल टोलीलाई झड्का,प्रकाश सोलिडारीटी कपवाट बाहिरिए

काठमाडौं,कात्तिक ५ । प्रकाश बुढाथोकीले  कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कप फुटवल नखेल्ने भएका छन् ।  घुँडाको चोटले ग्रस्त प्रकाशले प्रशिक्षणमा भाग लिएपनि चोट बल्झिएपछि नखेल्ने भएका हुन्। उनि नखेलने भएसँगै  टिमलाई झड्का लागेको छ । दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा फाइनल खेलमा फ्रकिक मार्फत विजयी गोल गरेका  थिए । 

जगजित र प्रकाशजस्ता बाँया खुट्टाले खेल्ने राम्रा खेलाडी टोलीमा नहुँदा सुजल श्रेष्ठ र बिमल घर्ती मगरमाथि थप आशा गरिएको छ।

Share your thoughts: