साउथह्याम्टनले इन्टरमिलानलाई हरायो

एजेन्सी,कात्तिक १९ । युरोपा लिग फुटबलमा इंग्लिश क्लब साउथह्याम्टनले इटालियन क्लब इन्टरमिलानलाई पराजित गरेको छ । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको समुह चरणको खेलमा साउथह्याम्टनले इन्टरमिलानलाई २ – १ ले पराजित गरेको हो ।

साउथह्याम्टनले घरेलु मैदानमा इन्टरमिलनले बनाएको सुरुवाती उल्टाउदै जित निकालेको हो । जितसँगै साउथह्याम्टन समुह केमा ७ अंक जोडेर समुहको दोस्रो स्थानमा उक्लिएको छ । र, अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । पराजित इन्टरमिलान ३ अंक जोडेर तालिकाको पुछारमा छ । यस समुहमा बिहिबार राती हापेल बिअर एफसीलाई २ – ० ले पराजित गर्दै ९ अंक जोडेर चेक रिपब्लिकाका स्पर्टा एफसी शीर्ष स्थानमा छ ।


सेन्ट मेरी स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता इन्टरमिलानले लिएको थियो । इन्टरमिलानका कप्तान माउरो इगार्दीले खेलको ३३ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीमा साउथह्याम्टनका दुसान टेडिकले गोल गर्न सकेनन । तर, दोस्रो हाफको पाँच मिनेटको अन्तरमा साउथह्याम्टनले दुई गोल गर्यो ।


दोस्रो हाफको ६४ औँ मिनेटमा साउथह्याम्टनका भिर्गिल भान डिकले ६४ गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको पाच मिनेट नबित्दै  इन्टर मिलनका योटो नागाटोमाले आत्मघाती गोल गरेपछि साउथह्याम्टनले खेल आफ्नो पक्षमा बनायो । र, नकआउट चरण पुग्ने सम्भावना कायमै राख्यो ।

Share your thoughts: