सोलिडारिटी कप: नेपालको लक्ष्य फाइनल प्रवेश

काठमाडौं,कात्तिक २६ । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा नेपालले शनिवार लोओससँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार भोलि दिउँसो २ १५ देखि सुरु हुने खृलमा नेपाल फाइनल प्रवेश गर्ने दाउमा मैदान उत्रदैछ ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले लाओसविरुद्धको खेल जित्दै फाइनलमा पुग्नेमा आफू र आफ्नो टोली पुरै विश्वस्त रहेको बताएका छन् ।  नेपाल समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने लाओस समूह बीको उपबिजेता हो । सोलिडारीटी कप फुटबलको पहिलो खेलमा ईष्ट टिमोरसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा ब्रुनाईलाई ३र० ले हराउँदै समुह विजेताको रुपमा सेमिफाइनलमा ठाउँ बनाएको हो । प्रतियोगिताको अर्को सेमिफाइनलमा मकाउ र ब्रुनाई भिड्नेछन् ।


Share your thoughts: