विश्वकप छनौट: इंग्ल्याण्डले स्कटल्याण्डलाई हरायो

एजेन्सी,कात्तिक २७ । अन्तरिम प्रशिक्षक ग्यारेथ साउथ गेटको प्रशिक्षणमा खेलेको इंग्ल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको छ । विश्व कप २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले घरेलु मैदानमा राति भएको खेलमा स्कटल्याण्डलाई ३–० ले हराएको हो । इंग्ल्याण्डलाई जिताउन डानिएल स्टरेज, एडम लालन र ग्यारी काहिलले एक एक गोल गरे । 

२४ औं मिनेटमा स्टरेजले गरेको गोलबाट इंग्ल्याण्डले पहिलो हाफमा १–० को अग्रता लियो । ५० औं मिनेटमा लालन र ६१ औं मिनेटमा काहिलले गोल गरेपछि इंग्ल्याण्डले ३–० को जित निश्चित गर्‍यो । काहिलले कप्तान वायने रुनीको कर्नर किकलाई हेडमार्फत गोल गरेका हुन् । जितपछि चार खेलबाट १० अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ । समूह एफ अन्तर्गत नै भएको खेलमा स्लोभाकियाले लिथुवानियालाई ४–० तथा स्लोभेनियाले माल्टालाई १–० ले हराएको छ ।

Share your thoughts: