म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो,मोरिन्हो कारवाहीमा

एजेन्सी,मंसिर १३ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  फेरि बराबरीमा सकिएको छ । आइतबार राति  भएको खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ह्यामसँग १–१ को बराबरीमा रोकिएको हो ।  दोस्रो मिनेटमा नै डाएफ्रा साखोले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए । 

तर २१ औं मिनेटमा जाल्टन इब्राहिमोविचले युनाइटेडका लागि बराबरी गोल फर्काए । युनाइटेडका लागि बराबरीमा रोकिनु भन्दा पनि प्रशिक्षक जोसे मोरिन्हो कारवाहीमा पर्नु घातक बन्यो । पउल पोग्बालाई रेफ्री जोन मोसले पहेँलो कार्ड देखाएपछि प्रशिक्षक मोरिन्होले पानीको बोतल फालेका थिए । 

यसले गर्दा उनलाई रेफ्रिले बाहिर पठाए । उनी गएको महिना बर्नलीसँगको गोलरहित बराबरीको क्रममा पनि कारवाहीमा परेका थिए । मोरिन्होले आउँदो खेलमा टच लाइन प्रतिबन्ध खेप्नु पर्ने सम्भावना छ । म्यानचेस्टर युनाइटेडले गोल गर्ने राम्रा प्रयास गरेपछि वेष्ट ह्यामका गोलरक्षक डरेन रनडोल्फले सफल हुन दिएनन् । 

Share your thoughts: