विश्वकप छनोट: बेल्जियम ग्रिससँग बराबरीमा रोकियो

काठमाडौं,चैत १३ । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम ९ खेलाडीमा सीमित भएको ग्रिससँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा बेल्जियमले ग्रिससँग १–१ को बराबरी खेलेको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुमा नै मिट्रोग्लोउले गोल गर्दै ग्रिसलाई अग्रता दिलाए । ६५ औं मिनेटमा टाचट्सिडिस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ग्रिस १० खेलाडीमा सीमित भयो । 

तर बेल्जियमले त्यसको फाइदा लिन सकेन । बराबरी गोलका लागि पनि खेलको अन्तिम समयसम्म पखिर्नु पर्‍यो । ८९ औं मिनेटमा लामेलु लुकाकुले बेल्जियमका लागि बराबरी गोल फर्काए । इन्जुरी समयको पाँचौं मिनेटमा जाभेलास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ग्रिस अन्तिमको केही समय ९ खेलाडीमा सीमित भयो ।  बराबरीपछि समूह ‘एच’ शीर्ष स्थानमा कायम रहेको बेल्जियमको पाँच खेलबाट १३ तथा दोस्रो स्थानको ग्रिसको ११ अंक भएको छ । राति नै भएको खेलमा बोसनिया हर्जगोभिनाले जिब्रालटारलाई ५–० ले हरायो । अर्को खेलमा साइप्रस र इस्टोनियाले गोलरहित बराबरी खेले । 

Share your thoughts: