माइभ्याली गोल्डकप:आर्मी सेमिफाइनलमा

इलाम,चैत १९ -  त्रिभुवन आर्मी क्लब इलाममा चलिरहेको तेश्रो माइभ्याल्ली गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।  आर्मीले भारत, सिलिगुढीको  कञ्चनजंघा एफसीलाई २-१ ले पराजित गरेको हो । आर्मीका लागि राजिव गुरुङ र भरत खवासले गोल गरे ।  

आर्मीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान भरत खवास 'म्यान अफ दि म्याच'घोषित भए। उनले ७ हजार नगद पुरस्कार प्राप्त गरे। सेमिफाइनल प्रवेशका लागि आइतबार अग्नी रुपन्देही–११ र  साबिक विजेता रमपम झापा–११ बीच प्रतिस्पर्धा हुनेछ। झापा वाइ पाएर क्वाटरफाइनल प्रवेश गरेको हो।


Share your thoughts: