नेपाललाई लगातार दोस्रो पटक साफ यू–१८ च्याम्पियनको उपाधि

काठमाडौं । नेपालले लगातार दोस्रो पटक  साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा भारतलाई २–० गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाललाई च्याम्पियन बनाउन दिनेश हेन्जनले २ गोल गरे। 

प्रतियोगितामा ४ खेल खेलको नेपालले ३ खेलमा जित र १ खेलमा पराजित भएपनि शीर्ष स्थानमा रहदै उपाधि उचालेको हो। नेपालको जतिनै समान ९ अंक रहेपनि गोलको आधारमा बंगलादेश नेपालभन्दा पछि परेको छ।

प्रतियोगितामा पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोल र तेस्रो खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

दुई वर्षअघि नेपालमै आयोजना भएको साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई नै हराएर उपाधि जितेको थियो । यस पटकदेखि प्रतियोगिता यू–१८ उमेरसमूहमा गरिएको हो। 

Share your thoughts: