एसिया कप छनोट: नेपाललाई अवसर र चुनौती दुवै

काठमाडौं । एसिया कप छनौट फुटवल खेल्न नेपाली टोली ताजकिस्तान प्रस्थान गरेको छ । टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा एक कार्यक्रम गरी विदाई गरेको थियो । असोज २४ मा ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हुने खेलका लागि नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। 

नेपाल एक महिनाअघि काठमाडौंमा भएको खेलमा ताजकिस्तानसँग पराजित भएको थियो ।  छनौटको समूह एफमा रहेको नेपाल ३ खेलबाट १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ । यमनको ५ र ताजकिस्तानको ३ अंक छ । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एसिया कप फुटबल खेल्न पाउनेछन् । 

नेपाली टिम:

गोलकिपर– किरणकुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने 

डिफेन्डर– कमल श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, देवेन्द्र तामाङ, विराज महर्जन, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी 

मिडफिल्डर– सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर, सुजल श्रेष्ठ 

फरवार्ड– विमल घर्तीमगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास

Share your thoughts: