नेपाली खेलाडी रोहित पौडेलले तोडे शाहिद अफ्रिदीको २३ वर्ष पुरानो रेकर्ड

काठमाडौं । नेपाली खेलाडी रोहित पौडेलले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले २३ वर्ष पहिले बनाएको रेकर्ड तोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडीका रेकर्ड अब नेपालका रोहित पौडेलको नाममा बनेको छ । युएई विरुद्धको एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा शनिबार पौडेलले अर्धशतक प्रहार गरेका हुन् । यो अर्धशतक उनको खेल जीवनका लागि ऐतिहासिक बन्न पुग्यो । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा कान्छो उमेरमा अर्धशतक हान्ने खेलाडी बन्न पुगेका छन् ।

युएई विरुद्ध सातौँ नम्बरमा ब्याटिंग गर्ने क्रममा रोहितले ५५ रन बनाएका थिए । उनले ५८ बलमा सो स्कोर पूरा गर्न ७ चौका प्रहार गरेका हुन् । सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए । त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो । रोहित पौडेलको उमेर शनिबार अर्धशतक बनाउँदा उनको उमेर १६ वर्ष १४६ दिन रहेको छ । यो रेकर्ड बनाउने सूचीमा पहिलो रोहित बन्दा शाहिद दोश्रो नम्बरमा छन् । तेश्रो र चौथो नम्बरमा पनि शाहिद अफ्रिदी नै रहेका छन् ।


Share your thoughts: