ए.एफ.सी. कपको प्लेअफ खेल्न थ्रीस्टारको तयारी तिब्र

काठमाडौं,साउन १९ । ए.एफ.सी. कपको प्लेअफ छनोटमा सहभागि हुन लागेको थ्रीस्टारले तयारी तीव्र रुपमा थालेको छ ।  २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्न लागेको हो । यहि  अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुने खेलमा थ्रीस्टारले भदौ ५ गते आयोजक एर्चिमको सामना गर्नेछ भने भदौ ७ मा नागावोर्ल्डसँग खेल्नेछ। तीन सातादेखि नियमित प्रशिक्षणमा रहेको थ्रीस्टार क्लबले प्रशिक्षकहरुको सल्लाहअनुसार २० खेलाडीलाई अनुबन्धित पनि गरिसकेको छ। 

जसमा दुई विदेशी खेलाडी पनि  भित्राएको छ ।  नाइजेरियाका पिटर सेगुन र मार्टिन्स कायोडे अजायीलाई अनुबन्धित गरिसकेको छ। प्रतियोगितामा थ्री स्टार क्लब समूह ‘बि’मा परेको छ। थ्री स्टारसँगै समूहमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्लब र कम्बोडियाको नागावोर्ल्ड फुटबल क्लब रहेका छन्। तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ। 

क्लबले ए.एफ.सी कपलाई नै मध्येनजर गर्दै टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसीलाइ नियुक्त गरिएको छ भने प्रशिक्षकमा रबिन्द्र शिलाकार रहनेछन्। नेपालको प्रतिनिधित्व गर्दै ए।एफ।सी। कप खेल्ने थ्रीस्टार क्लब नै पहिलो टोलि हो।

खेलाडीहरूमा
एलेन न्यौपाने, बिनय श्रेष्ठ, अविशेक बराल (गोलरक्षक), रञ्‍जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार (डिफेन्डर), बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ (मिडफिल्डर), बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल, मार्टिन्स कायोडे अजायी, सुसान श्रेष्ठ (फरवार्ड) रहेका छन्।

प्रतियोगिताको तयारीको लागि थ्री स्टार क्लब र नेपाल ए.पी.एफ क्लब आगामी साउन २१ गते दिनको ४:०० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण खेल खेल्दैछन्।
खेलको लागि टिकट दर ५०० र २०० तोकिएको छ। टिकट खेल हुने दिन दिनको १ बजेबाट खेलस्थलमै खरिद गर्न सकिनेछ।

Share your thoughts: