थ्रीस्टार र ए.पी.एफबीच मैत्रीपुर्ण फुटबल २१ गते, यसरी पाईन्छ टिकट

काठमाडौं,साउन १९ । ए.एफ.सी. कपको प्लेअफ छनोटमा सहभागि हुन लागेको थ्रीस्टारले प्रतियोगिताको तयारीको लागि नेपाल ए.पी.एफ क्लब मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । खेल साउन २१ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ४ बजे हुनेछ । खेलको लागि टिकट दर ५०० र २०० तोकिएको छ। टिकट खेल हुने दिन दिनको १ बजेबाट खेलस्थलमै खरिद गर्न सकिनेछ। 

२०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै थ्रीस्टारले  यहि  अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुने ए.एफ.सी.कपको प्लेअफ छनोट खेल्न लागेको छ ।  थ्रीस्टारले भदौ ५ गते आयोजक एर्चिमको सामना गर्नेछ भने भदौ ७ मा नागावोर्ल्डसँग खेल्नेछ। 

Share your thoughts: