रुनीको सम्मानमा भएको खेलमा म्यानचेस्टर बराबरीमा रोकियो

एजेन्सी,साउन २० । कप्तान वायने रुनीको सम्मानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टनले गोलरहित बराबरी खेलेका हुन् । रुनी म्यानचेस्टर युनाइटेड आएको १२ वर्ष पुगेको अवसरमा मैत्रिपूर्ण खेल भएको हो । रुनी सन् २००४ मा एभर्टनबाट म्यानचेस्टर युनाइटेड आएका थिए । घरेलु मैदानमा भएको खेलमा रुनी ५२ मिनेटमा मैदानबाट बाहिर गएका थिए । उनलाई रंगशालामा उपस्थित ५८ हजार पाँच सय ९७ जनाले उठेर सम्मान प्रकट गरेका थिए । 

यस्तै यो खेलमा गएको जुलाईमा क्लबमा अनुबन्ध भएका जाल्टन इब्राहिमोविचले पनि खेलेका थिए । यो खेल रुनी तथा म्यानचेस्टर युनाइटेडको फेसबुक पेजबाट लाइभ स्ट्रिमिङ गरिएको थियो । रुनीले युनाइटेडमा १२ वर्षको अवधिमा पाँच सय २० खेलमा दुई ४५ गोल गरेका उज्यालो अनलाइनमा समाचार छ  । रुनीले म्यानचेस्टर युनाइटेडबाट अहिलेसम्म पाँच पटक प्रिमियर लिग, पाँच पटक च्याम्पियन्स लिग, एक पटक एफए कप, दुई पटक लिग कप तथा फिफा क्लब वर्ल्ड कपको उपाधि जितेका छन् ।  

Share your thoughts: