बार्सिलोनासँग हार्‍यो लिसेस्टर,मुसाको दुई गोललेपनि हार टरेन

एजेन्सी,साउन २०  ।  स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले र इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीबीच भएको मैत्रिपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ । स्वीडेनको सोल्नामा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिसेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो । बार्सिलोनालाई जिताउन मुनिर एल हदादीले २६ र ४५ औं मिनेटमा र लुइस स्वारेजले ३४ औं तथा ८४ औं मिनेटमा राफ म्युजिकाले गोल गरे ।

लिसेस्टर सिटीका लागि दुवै गोल अहमद मुसाले गरे । मुसाले ४७ र ६६ औं मिनेटमा गोल गरेका हुन् । लिसेस्टरले मुसालाई केही सयमअघि मात्रै क्लबको कीर्तिमानी मूल्य १६ एक करोड ६० लाख पाउण्डमा अनुबन्ध गरेको थियो । 

Share your thoughts: